post-slider post-slider

युद्धस्तरमा राहत र उद्धार कार्य गर्न सरकारसँग देउवाको माग

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पबाट प्रभावितहरूकोे युद्धस्तरमा उद्धार गर्न सरकारसँग माग गरेका छन्।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार कार्य तीब्र पार्न उनले माग गरेका हुन्।

‘भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरूको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्रीलगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ सभापति देउवाले वक्तव्यमार्फत भनेका छन्।

उनले नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन त्यसतर्फ गइरहेको समेत जनाएका छन्।

सभापति देउवाले भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वका उद्धार, राहत र पुनर्निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन्।

 

Tags: