post-slider post-slider

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा

Image
A A

काठमाडौं -  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन्। 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन्। 

सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउँदै उनले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्। 

साथै उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्। 

पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष' घोषणा गरेका छन्। 

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन्।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको बताएका छन्।  

अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन्। 

उनले पर्यटन प्रवर्द्धनका  लागि ५ अर्ब  ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन्।

पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन्। 

पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन्। 

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यसबारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन। 

Tags: