post-slider post-slider

‘लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन’

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको स्वीकार गरेका छन्।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको उनको भनाइ छ।

मतले राजस्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए।

‘राजस्व केही वृद्धि भएको छ। तर, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौं, त्यो अनुसार हुन सकेको छैन। राजस्वको दृष्टिकोणबाट अहिले हामी धेरै दबाबमा छौं,’ उनले भने।

राजस्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको महतले बताए।

उनले आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

विद्युतीय सवारी साधनहरूको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उनको भनाइ छ।

महतले इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४ / ३५ अर्ब कम भन्सार राजस्व उठेको बताए।

 

Tags: