post-slider post-slider

राप्रपाको केन्द्रीय समिति बैठक आइतबारदेखि

Image
A A

काठमाडौंं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौं सुरू हुँदैछ।

बैठक राजधानीको धुम्बाराहीस्थित एसआर ब्याक्वेटमा बिहान ८ बजेदेखि सुरू हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

तीन दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ।

त्यस्तै बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलनसम्बन्धी प्रस्ताव पनि छलफलका लागि पेस हुने जनाइएको छ।

 

Tags: