post-slider post-slider

सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाई अनुसन्धान गर्नुपर्छः गगन थापा

Image
A A

काठामाडौँ -  सांसद गनन थापाले संसद बैठक आरोप पत्यारोपमा केन्द्रित हुँदा गहन विषयमा छलफल हुन नपाएको बताएका

सोमबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाई निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए।

उनले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाई अनुसन्धान गर्न जरुरी रहेको बताए।

उनले भने, ‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोल यताको पक्षको दाग देखाउने काम भइरहेको छ। यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो। आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ। अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ। यत्ति गर्नसके होला रु निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नु होला। अलि सफा गर्नसके मिटरब्याज, दुध किसानको बारेमा, एनसेलको प्रतिवदेनको बारेमा जमेर छलफल गर्न सकिन्छ।’

Tags: