post-slider post-slider

राष्ट्रियसभा बैठक बस्दै, एमालेको अवरोध कायमै रहने

Image
A A

काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर ३१ मिनेटमा बैठक बस्नेछ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेको थियो। त्यसपछि बैठक आज बिहान ११:३१ बजेसम्मका लागि स्थगित भएको थियो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

यस्तै, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुने छ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। यसबीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच कुनै किसिमको समझदारी नबनेका कारण आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने सम्भावना रहेको छ।

Tags: