post-slider post-slider

अवरूद्ध बिपीमार्ग सञ्चालनमा

Image
A A

काठमाडौं- बसको ठक्करबाट दुई जनाको मृत्युपछि अवरूद्ध भएको बिपीमार्ग सञ्चालनमा आएको छ।

स्थानीयले बसमा आगजनी गरेकाले अवरूद्ध बनेको बिपीमार्ग अपराह्न १ बजेदेखि सञ्चालमा आएको हो।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा अरनिको यातायात सेवा समितिको बसले ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको ज्यान गएको थियो।

स्थानीयले बसमा आगजनी गरेपछि बिपी राजमार्ग अवरूद्ध भएको थियो।

सोमबार बिहान रामछोपको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेस ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायात प्रालिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रूपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राईको स्थानीय खाल्टे अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

 

Tags: