post-slider post-slider

सरकार र आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति

Image
A A

काठमाडौं- आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ।

वार्तापछि पत्रकारहरुसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरुसँग सरकारले सहमति गरेको जानकारी दिइन्।

सातबुँदे सहमतिसँगै शिक्षकहरुको आन्दोलनको सबै कार्यक्रम पनि फिर्ता भएको ।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने लगायतका विषयमा सहमति भएको छ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा उत्रिएका थिए।

३ असोजदेखि उनीहरुले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनका कार्यक्रम सञ्चालन गरेका थिए।

 

Tags: