post-slider post-slider

अमेरिकामा नश्लवादी आक्रमण : तीन जनाको मृत्यु

Image
A A

काठमाडौं- अमेरिकाको फ्लोरिडास्थित जैकसनविलमा नस्लवादी आक्रमण भएको छ। 

आक्रमणकारीले तीन जनाको हत्या गरिसकेपछि गोली हानेर आत्महत्या गरेका छन्।

आक्रमणकारीले डलर जनरल स्टोरभित्र छिरेर गोली प्रहार गरेका थिए। त्यसपछि आक्रमणकारी र प्रहरीबीच दोहोरो भिडन्तसमेत भएको थियो।

आक्रमणकारी अन्दाजी २० वर्षका एक गोरा व्यक्ति रहेको बताइएको छ।

आक्रमणमा दुई पुरुष र एक महिलाको ज्यान गएको छ।

आक्रमणकारीले ‘बडी आर्मर’ लगाएका थिए र उसले घटनास्थलमा पर्चा फ्यालेका थिए।

घटना भएको सहरका मेयर डोना डिगनले घृणाबाट प्रेरित अपराध भएको बताएका छन्।

प्रहरीका अनुसार आक्रमणकारीको साथमा सेमीअटोमेटिक राइफल र एउटा ह्यान्ड गन थियो।

आक्रमणकारी जैकसनविलको क्ले काउन्टी क्षेत्रमा आफ्ना परिवारसँग बस्दै आएका थिए। उसले कैयौं ‘घोषणापत्र’ लेखेको बताइएको छ।

एफबिआइले घटनालाई घृणाबाट प्रेरित अपराधको रूपमा हेरेको छ र यसको छानबिन सुरू गरेको छ।

 

Tags: