post-slider post-slider

छोरीसहित आगो लगाएर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, भेटियो सुसाइड नोट

Image
A A

बनियानी - छोरीसहित आत्मदाहको प्रयास गरेकी महिलाको उपचार क्रममा मृत्यु भएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेलको उपचारका क्रममा आज मृत्यु भएको हो।

पाँच वर्षीया छोरीसहित मायाले गत शुक्रबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

बुधबार बिहान उनको मृत्य भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए।

मायाकी छोरीको भने शुक्रबार नै उपचारका क्रममा मृत्यु भएको थियो।

श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ पनि प्रहरीले फेला पारेको छ।

मायाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

Tags: