post-slider post-slider

बारेकोट गाउँपालिकाका अध्यक्ष भन्छन् – स्थिति असमान्य छ, राहत र उद्धार चाहिएको छ

Image
A A

काठमाडौं- जाजरकोट बारकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले गएराति गएको भूकम्पका कारण अधिकांश स्थानीय घरवारविहीन अवस्थामा पुगेको बताएका छन्।

उनले अहिले आफूहरूलाई तीब्र गतिमा राहत र उद्धार कार्य चाहिएको बताए।

‘अवस्था असमान्य बनेको छ, ठूलो मात्रमा मानवीय र भौतिक क्षति भएको छ। धेरै मानिस घरवारविहीन भएका छन्,’ आयोमेलसँग उनले भने,‘अहिले हामीलाई चाहिएको राहत र उद्धार कार्य हो।’

सरकारका तर्फबाट हालसम्म भूकम्पका कारण भएको क्षति विवरण संकलन गर्ने काममात्र भएको उनले बताए।

कतिपय घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था भएकोले त्यसका लागि पहल गरिदिन उनले सरकारसँग आग्रह गरे।

‘कतिपय ठाउँमा हेलिकप्टरबाट उद्धार गर्न जरूरी देखिएको छ, त्यसका लागि हामी पहल गरिरहेका छौं। सरकारले पनि यसतर्फ ध्यान पु¥याइदिनुप¥यो,’ उनले भने।

प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा आएको सुने पनि हालसम्म आफूहरूसँग भेटघाट नभएको उनले बताए।

‘हेलिकप्टर उडिरहेको देखेका छौं, प्रधानमन्त्री हुनुहुन्छ कि अरू नै कोही थाहा भएन। अहिलेसम्म उहाँसँग हाम्रो भेट भएको छैन,’ गिरीले भने।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम गरी ७२ जनाको ज्यान गएको छ।

 

 

Tags: