post-slider post-slider

विमलेन्द्रले किन गरे मञ्च बहिष्कार?

Image
A A

काठमाडौं- नेपाली कांग्रेस मधेस प्रदेस समितिले आयोजना गरेको प्रदेस सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधिले कार्यक्रमको मञ्च बहिष्कार गरे।

जनकपुरधामको तिरहुतियागाछीमा कांग्रेसका नेता कार्यकताहरु भरिभराउ थियो। सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवा थिए।

नेता कार्यकर्ताले भरिभराउ तिहुतियागाछीको सम्मेलनको उदघाटन कार्यक्रममा उद्घोषकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिलाई आसनग्रहणका लागि बोलाएका थिए।

तर, निधि मञ्चमा गएनन्। उनी दर्शकदीर्घामा बसे। 

आफ्नै गृहजिल्ला र गृहनगरमा भएको पार्टीको कार्यक्रममा निधिले मञ्च बहिष्कार गरेको सम्भवतः पहिलोपटक हो।

कार्यक्रममा सहभागी हुन देउवा जनकपुर आउँदा स्वागतका लागि विमानस्थलमा निधि सबैभन्दा अगाडि नै थिए। 

कार्यक्रम सुरु भइसकेपछि निधि मञ्चमा नजाँदा धेरैले आश्चर्य मानेका थिए।

निधिनिकट नेताहरुका अनुसार मञ्चमा आसनग्रहणका लागि मिलाइएको मर्यादाक्रमप्रति असन्तुष्टि जनाउँदै उनी मञ्च बहिष्कार गरेका हु्न्।

‘आसनग्रहणका लागि मर्यादाक्रम नमिलेपछि उहाँ मञ्चमा नजानुभएको हो,’ उनीनिकट एक नेताले भने।

उदघोषकले मञ्चमा आसनग्रहण पटक–पटक बोलाए पनि निधि त्यहाँ जान तयार भएनन्। दर्शकदीर्घामै बसे।

 

Tags: