post-slider post-slider

अमेरिकी भिटोपछि गाजामा युद्धविराम गर्ने प्रस्ताव असफल

Image
A A

काठमाडौं- गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एकमात्रै राष्ट्र हो।

सुरक्षा परिषदका १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए।

मतदानमा बेलायत अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो।

सुरक्षा परिषदका पाँच स्थानीय सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ।

अमेरिकाले युएईको प्रस्ताव ‘असन्तुलित र अवास्तविक’ भएको बताएको छ।

उसले प्रस्तावमा ‘विनासर्त युद्धविराम’ का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ।

अक्टुबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा १२ सय मानिसको मृत्यु भएको थियो।

अमेरिकाले प्रस्तावको प्रक्रियालाई ‘हतारको’ भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ।

अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई बेवास्ता गरिएको बताएका छन्।

हमासका अधिकारीहरूले इजरायलले गरेको हमलामा १७ हजार १७७ जनाभन्दा बढी मारिएको बताएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इजरायललाई नागरिकहरूको सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका थिए।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गाजामा स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए।

 

Tags: