post-slider post-slider

बलात्कारपछि मञ्जुको हत्या

Image
A A

धनगढी- लम्की चुहा नगरपालिका-४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो। मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा उनको शव भेटिएको थियो। शव सडेको अवस्थामा भेटिएको र घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

जेठ २५ गते वकिललाई भेट्न मसुरिया जान्छु भनी हिँडेकी मञ्जुको सोही दिन हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जेठ २५ गते मञ्जु बेपत्ता भएप पनि करिब ९ दिनपछि प्रहरीले खबर पाएको थियो। प्रहरीलाई मञ्जुका छोराले जेठ १ गते आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाऊँ भनी निवेदन दिएका थिए।

निवेदनको आधारमा इलाका प्रहरी कार्यालय लम्कीले घटनाको अनुसन्धान सुरु गरेको थियो। करिब २० दिन भित्रै घटनाबारे सबै तथ्य प्रहरीले जुटाइसकेको थियो। शव नभेटिएकाले प्रहरीले घटनामा पक्राउ परेकाहरू बारे कुनै सूचना जारी गरेको थिएन।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शङ्कर खड्का आफै घटनाको अनुसन्धानमा टुटेकोमा प्रहरीले आइतबार मञ्जुको कंकाल फेला पारेको हो।

एक व्यक्तिले २/३ महिना अघि देखी मञ्जुलाई फलो गरिरहेको हुन्छ। मञ्जुबारे उनी सबै जानकार हुन्छन्। तर, आफ्नो परिचय भने उनले लुकाएका हुन्छन्। फेक आइडी मार्फत आफूलाई अमेरिकाको भिजा लागेको र केहि दिन पछि आफू अमेरिका उड्ने भन्दै मञ्जुसँग फेसबुकमा कुराकानी गरिरहेका व्यक्ति ‘क्राइम स्टोरी’का मुख्य पात्र हुन्।

जेठ २५ गते म वकिल मिलाइदिन्छु। अमेरिका पनि जाँदै छु भनेर मञ्जुलाई भेट्न बोलाएको र बडैपुरबाट १३ किलोमिटर भित्रको जङ्गलमा उनको हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

मञ्जुलाई बोलाएका एक व्यक्ति, उनीसँगै रहेका अर्का व्यक्ति र सरिता रावल जङ्गलमा बसिरहेका हुन्छन्। मञ्जुले मसुरियाबाट आफूलाई बोलाएको व्यक्तिलाई फोन गरेर ‘वकिल कहाँ भेटिन्छन्’ भनेर सोधेपछि ती व्यक्तिले ‘म चाकल पठाउँछु यतै आउनु हामी पनि भेटौँला बकिललाई पनि भेटाइदिन्छु’ भनेका हुन्छन्।

सरिता र ती व्यक्ति त्यही जङ्गलमा बस्छन्। अर्का एक युवकलाई मञ्जु लिन पइएको अनुन्धानले देखाएको छ। चालकले मञ्जुलाई घटनास्थलतर्फ लग्छन्। मञ्जुलाई आफूसँग लामो समय कुराकानी भइरहेको व्यक्तिसँग कुरा भएको विश्वासका साथ त्यहाँ पुग्छिन्। 

खोलाभन्दा केही माथि पुगेपछि त्यहाँ जबरजस्ती करणी गरेर उनलाई मारेको पाइएको छ। दुई जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भित्री वस्त्र घटनास्थल भन्दा केही पर भेटिएको हुँदा बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। सरिता रावल भने करिब ५० मिटर तल कोही आउन सक्छ भनेर रेक्की गरेर बसेकी थिइन्।

अहिले प्रहरीले सरिता रावलसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मञ्जुकी सौता गोमा रावल, उनकी छोरी वर्षा, भतिजा भरत र सरिता रावल छन्। अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०७७ सालमा जनक रावलको मृत्युपछि मञ्जु र गोमाबीचको खटपट बढेको देखिन्छ। कान्छी श्रीमती मञ्जु श्रीमान‍सँगै बसिरहेकी हुन्छिन् भने गोमा रोजगारीका लागि भारतमै बढी हुनेमा श्रीमानको निधन भएपछि सम्पत्तिमा मञ्जु अझै हाबी भएको गोमालाई मन परिरहेको हुँदैन।

आफूलाई बेला बेलामा गोमाबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै मञ्जुले आफ्नो सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लम्कीमा समेत उजुरी दिएकी थिइन्।

श्रीमानको मृत्युपछि मञ्जुले लम्की चुहा नगरपालिका-४ को वडा कार्यालयमा मृत्यु दर्ता गराइन्। यसअघि नै मञ्जु र श्रीमानबीच सम्बन्ध बिच्छेद भइसकेको खुल्छ। त्यसपछि फेरि मृत्यु दर्तामा श्रीमती कायम गरेपछि गोमा र मञ्जुको विवाद बढ्छ। गोमाले मृत्यु दर्ता बदर गर्न भन्दै वडा कार्यालयमा निवेदन दिएकी थिइन्।

२०७९ साल फागुन २६ गते मञ्जुलाई पक्राउ गरी झूटा विवरण पेस गरेको भन्दै मुद्दा चल्छ। कैलाली जिल्ला अदालतले २० हजार धरौटी तोक्छ र तारिखमा उनी छुट्छिन्। यो मुद्दा चलिरहेकै बेला गत जेठ २५ गते वकिललाई भेट्न भन्दै गौरीगङ्गा जाँदै गर्दा उनी बेपत्ता भएकी हुन्।

Tags: