post-slider post-slider

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

Image
A A

काठमाडौं- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्।

प्रहरीले रौनियारलाई काठमाडौंको बानेश्वरबाट शुक्रबार पक्राउ गरेको हो।

प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।

ठगीसम्बन्धी मुद्दाको आरोपी रहेका उनलाई बाँके प्रहरीको अनुरोधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको थियो। 

रौनियार काठमाडौंमा बस्ने भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुरोध गरेको थियो।

रौनियार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–३ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट पार्टी (हाल जसपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

सांसद रहेकै बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मुद्दा दर्ता भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो।

 

Tags: