post-slider post-slider

ओली नआउने भएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

Image
A A

काडमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो। ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिएका हुन्। आज स्थगित भएको बैठक भोलि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tags: