post-slider post-slider

‘हिमालमा जलवायु संकटको भयानक प्रभाव देखेँ’

Image
A A

काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल ट्विटरमा सगरमाथाको बेसमा बनाएको एउटा भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन्।

हिमाली क्षेत्रमा जलवायु संकटको भयानक प्रभाव देखेको उनले बताएका छन्।

‘आज सगरमाथाको आधारबाट, मैले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु। तापक्रम बढ्दै जाँदा, ग्लेशियर पग्लने क्रम बढ्दै जान्छ–सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ।’

चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका महासचिव गुटेरेस सोमबार पोखरा पुगेका छन्।

उनी फेवा किनारस्थित होटल फिस्टेलमा बस्नेछन्।

उनको मंगलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ। त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेका असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि उनको पोखरा विमानस्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ।

महासचिव गुटेरेसको मंगलबार पोखराबाट भैरहवा हुँदै लुम्बिनी जाने कार्यक्रम छ।

 

Tags: