post-slider post-slider

विष्णु पौडेल एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, अरू को-को?

Image
A A

काठमाडौं - नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुंगाएको हो।

जसअनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन्।

त्यस्तै, मानवीर राई रक्षा मन्त्री बन्दैछन् भने उद्योग मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन्।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ। 

नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ। कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदैछ। उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ।

त्यस्तै, रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ। त्यसैगरी, अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। त्यस्तै, ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ।

सभापति देउवाले शेखर-गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिएका छन्।

जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ।

यी चारमध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ।

Tags: