post-slider post-slider

‘आदिपुरुष’ विरूद्धको रिटमाथि तत्काल सुनुवाइ गर्न दिल्ली उच्च अदालतद्वारा अस्वीकार

Image
A A

काठमाडौं- दिल्ली उच्च अदालतले फिल्म ‘आदिपुरुष’ माथि प्रतिबन्ध लगाउन माग गर्दै दायर भएको रिटमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।

अदालतले यसको सुनुवाइ जुन ३० मा हुने जनाएको छ।

यो रिट हिन्दू सेना संगठनका अध्यक्ष विष्णु गुप्ताले दायर गरेका हुन्। निवेदनमा हिन्दू समुदायको भावनामा चोट पु¥याउने उल्लेख गरिएको छ।

न्यायाधीश तार विताष्ट गञ्जुले निवेदकलाई ‘फिल्म रिलिज भइसकेको अवस्थामा किन प्रतिबन्धको माग गरेको’ भनेर सोधेकी थिइन्।

निवेदकका तर्फबाट निर्देशक र निर्माताले ट्रेलर र टिजर रिलिजपछि विवादित भाग हटाउने वाचा गरेको तर त्यो पूरा नभएको बताएका थिए।

नेपालले फिल्ममाथि प्रतिबन्ध लगाएकाले यसले भारतको अन्तर्राष्ट्रिय सम्बन्धमा असर गरिरहेको उनले बताए।

जुन १६ मा रिलिज भएदेखि नै यो फिल्म विवादमा छ।

केही हिन्दू संगठनले फिल्ममा हनुमानको संवादलगायत कैयौं दृष्यमाथि प्रश्न उठाएका छन्।

तर, विवाद चर्किएपछि फिल्मका सांसद लेख्ने मनोज मुन्तशिरले जनताको असन्तुष्टिलाई ध्यानमा राख्ने केही संवाद परिवर्तन गर्ने निर्णय गरेको बताएका थिए।

तर, उनले भनेअनुसार फिल्मको संवाद परिवर्तन भइसकेको छैन। 

 

Tags: