post-slider post-slider

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिदैँ, सभापतिले जवाफ दिने

Image
A A

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिनने भएको छ। बुधबार अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै बैठक समापन हुनेछ। त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग केन्द्रीय समिति बैठकबाट गर्ने निर्णयहरूबारे छलफल गर्नेछन्।

साउन २ गतेदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए। जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला,सीता गुरुङ र राजीव कोइरालाले आआफ्नो धारणा राखेका थिए।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने र सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ।

केन्द्रीय समिति बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ।

Tags: