पेरिस ओलम्पिक : फुटबलमा फ्रान्स र स्पेन भिड्दै
काठमाडौं- फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन्।
सोमबार राति सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो।
त्यस्तै, अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो।
अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्ट ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्नेछन्।