post-slider post-slider

ला लिगा : आल्भेजमाथि रियल म्याड्रिडको जित

Image
A A

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा लुकास भाज्क्वेज, किलियन एम्बाप्पे र रोड्रिगोले  गोल गरेका थिए। त्यस्तै, आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले  गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै, आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ।

Tags: