post-slider post-slider

३४ वर्षीया डाक्टर प्रतिभा धौभडेल घरमै मृत अवस्थामा फेला

Image
A A

काठमाडौं- धादिङ जिल्ला अस्पतालमा कार्यरत् चिकित्सक प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छिन्।

३४ वर्षीया धौभडेल बिहीबार बिहान काठमाडौं महानगरपालिका-१३ छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

घरायसी बिदामा पाँच दिनअघि उनी काठमाडौं आएकी थिइन्। प्रहरीका अनुसार उनका श्रीमान् डा. कविराजले धौभडेललाई झुन्डिएको अवस्थामा फेला पारेका थिए।

उनलाई तत्कालै वीरेन्द्र सैनिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

उनी नवौं तहकी चिकित्सक थिइन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 

Tags: