post-slider post-slider

सरकार तस्करमा कमिसनमा तल्लीन छ : ओली

Image

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन्। ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ। उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको आरोप लगाए।

सरकारले भ्रष्ट्राचारी र तस्करको संरक्षण गरिरहेको उनको आरोप छ। एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारबाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए। 

जनता आर्थिक मन्दिको मार खेपि रहेको बेला प्रधानमन्त्री तीर्थ यात्रा गर्न तल्लीन रहेको ओलीलेका आरोप छ। ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन।’

Tags: