post-slider post-slider

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Image
A A

काठमाडौं, माघ २८ - भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेम काभ्रे धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिना रहेका छन्।

प्रहरीका अनुसार साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बको बस र बा७८प ३१५५ नम्बरको मोटरसाइकल शनिबार साँझ ठोक्किँदा मोटरसाइकल चालक तिमल्सिनाको मृत्यु भएको हो।

शनिबार साँझ सवा ६ बजे दुर्घटना हुँदा गम्भीर घाइते भएङ्का तिमल्सिनालाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो।

उनको उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बसका चालक देहेन्द्रसिंह बस्नेतलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

                                                                                                     

Tags: