post-slider post-slider

'किसानले चाहे भने यो सरकार ढाल्न सक्छन्, उनीहरूलाई नजरअन्दाज नगरियोस्'

Image
A A

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले किसानले सरकार ढाल्ने क्षमता राख्ने भएकाले होसियार रहन चेतावनी दिएका छन्। 

'मेरो निर्वाचन क्षेत्र र देशैभरका दूध किसान र मह किसान मारमा परेका छन्। दूध पोखेर बसिरहेका छन् भने अर्कातिर पाउडर दूध र विदेशबाट आयातीत नक्कली महले स्थान पाएका छन्। किसानहरूको आन्दोलनलाई नजरअन्दाज गरियो भने किसानहरूले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्। होशियार रहनुहोला,’ बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले भने। 

भूमिहीन सुकुमबासीहरूलाई चुनावी आश्वासन मात्र दिइएको भन्दै यसलाई चुनावी फण्डा मात्र नबनाउन पनि लामिछानेले आग्रह गरे। 

सुकुमबासी आयोग र विशेषगरी भूमि आयोगले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। यसलाई खेलाँचीको रूपमा नलिन पनि उनले चेतावनी दिए। 

त्यस्तै, उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको भन्दै भरतपुर( ३ को नगर वनको विकल्प यथाशीघ्र खोज्न आग्रह गरे। 

मिटरब्याज पीडितहरू २३ दिन लगाएर काठमाडौं आएको भन्दै उनीहरूसँग वार्ता गर्न पनि लामिछानेले सरकारसँग आग्रह गरे

Tags: