post-slider post-slider

भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी

Image
A A

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

जाजरकोटमा शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएपछि भएको धनजनको क्षतिप्रति मोदीले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र सबै सम्भव सहयोगका लागि तयार रहेको समेत बताएका छन्।

सामाजिक सञ्जाल ट्विरमा प्रधानमन्त्री मोदीले लेखेका छन्,‘भूकम्पका कारण नेपालमा भएको क्षतिले दुःखी तुल्याएको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइेतहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

 

Tags: