post-slider post-slider

गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

Image
A A

काठमाडौं- राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेसमा महिला समूहबाट माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन्।

गठबन्धनबाट उम्मेदवारी दिएकी शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन्।

बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६६० मतभार पाएर विजयी भएकी हुन्।

त्यस्तै अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

परियारले ३ हजार ७७९ मतभार र श्रेष्ठले ३ हजार ८०८ मतभार प्राप्त गरे । 

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेससभातर्फ ३५ जनाले मत दिएका थिए।

त्यस्तै एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन्।

उनलाई स्थानीय तहतर्फ ७३ र प्रदेससभातर्फ २२ जनाले मतदान गरेका थिए।

गठबन्धनको स्थानीय तहतर्फ १०१ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन्।

स्थानीय र प्रदेसतर्फ १ /१ म तबदर भएको थियो।

राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन् भने प्रदेससभाका २ सदस्यले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे।

 

Tags: