.png) 
                
                
                     
                
                आफ्नै भाइको हत्या आरोपमा झापामा दाजू पक्राउ
 
                    झापा- आफ्नै भाइको हत्या गरेको आरोपमा झापामा दाजू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय नारायण सिटौला छन्।
उनलाई शुक्रबार घरबाटै पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।
भाइ ४१ वर्षीय रामप्रसाद सिटौला बिहीबार राति सवा ९ बजे आफ्नै घरको बलेंसीमा मृत अवस्थामा फेला परेका थिए।
सिटौलाको अनुहार र टाउकोमा चोट देखिएको थियो। पक्राउ परेका सिटौलालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान थालिएको छ।
 
                                 
                 
                