post-slider post-slider

प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्‍यो

Image
A A

काठमाडौं। आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। 

आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताए।  

महासचिव गौतमले प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गरेको  जानकारी दिए।

Tags: