post-slider post-slider

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट अपराह्न ३ बजे प्रचण्डले सम्बोधन गर्ने बताइएको छ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

१० माघमा एमालेलगायतका दलसँगको सहकार्य तोडेर उनी नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), जसपा र लोसपासहितको गठबन्धनमा सामेल भएका थिए।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताउने गरेका छन्।

राष्ट्रका नाममा सम्बोधनमार्फत प्रचण्डले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन्।

 

Tags: