post-slider post-slider

करिब एक महिनापछि संसद् बैठक सञ्चालनमा

Image
A A

काठमाडौं- अवरुद्ध भएको झन्डै एक महिनापछि प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको थियो। संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधबार सहमति भएपछि सदन सञ्चालनमा आएको हो।

आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नै अनुसन्धान गर्ने सहमति भएको छ। तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन्।

Tags: