post-slider post-slider

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसदको दुवै सदनबाट पारित भएको मिटरब्याजसम्बन्धी विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

‘मुलुकी संहितासम्मबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ बिहीबार राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको थियो।

मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकारले २० वैशाखमा अध्यादेश ल्याएको थियो। २४ वैशाखबाट सुरू भएको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै अध्यादेशबारे दुवै सदनलाई जानकारी गराइएको थियो।

यो अध्यादेशअनुसार कतिपय मिटरब्याजीहरूलाई कारबाहीको दायरामासमेत ल्याइयो।

सरकारले ५ असारमा अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो। राष्ट्रियसभामा १५ असारमा विधेयक पारित भयो।

राष्ट्रियसभाबाट पारित भएको प्रतिस्थापन विधेयक १७ असारमा प्रतिनिधिसभामा पेस भएको थियो। 

सरकारले २० असारमा प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरे पनि प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले बैठक अवरोध गरेपछि संविधानले तोकेको समयावधिभित्र अध्यादेश पारित हुन सकेन।

संविधानको धारा ११४ मा संसद चलेको ६० दिनभित्र अध्यादेश पारित भइसक्नुपर्ने प्रावधान छ।

यो विधेयक १५ असारमा प्रतिनिधिसभाबाट पारित भयो।

 

Tags: