post-slider post-slider

काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने अनुमान

Image
A A

काठमाडौं- तराईका जिल्लाहरूमा गर्मी बढिरहेका बेला काठमाडौं उपत्यकामा समेत यसको असर परेको छ।

काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाडौं उपत्यकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो।

बिहीबार काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। काठमाडौंमा बिहीबार बिहानैदेखि गर्मी बढेको महसुस भएको छ।

नेपालमा अहिले स्थानीय वायु,  पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। अहिले कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

Tags: