post-slider post-slider

वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

Image
A A

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए।

यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औं जित हो। २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ।

त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।

Tags: