post-slider post-slider

एसिया कप : भारत–पाकिस्तान भिड्दै, नजर मौसमतर्फ

Image
A A

काठमाडौं- एसिया कप २०२३ अन्तर्गत शनिबार भारत र पाकिस्तान एकअर्काबीच भिड्दै छ। एसिया कपको बहुप्रतिक्षित प्रतिस्पर्धाअघि मौसममाथि सबैको ध्यान केन्द्रित भएको छ।

मौसम पूर्वानुमानअनुसार म्याचको समयमा वर्षा हुने सम्भावना ८१ प्रतिशत रहेको छ।

खेल हुने क्यान्डी सहरमा बादल मडराइरहको छ र साढे दुई बजे त्यहाँ वर्षाको ६४ प्रतिशत सम्भावना रहेको जनाइएको छ। त्यस्तै साढे तीन बजे ८१ प्रतिशत वर्षाका सम्भावना रहको अनुमान गरिएको छ।

त्यसबाहेक राति साढे १० बजेसम्म वर्षाको सम्भावना ३५ प्रतिशत रहेको छ।

यद्यपि कालो बादलका बीच त्यहाँ निलो आकाश पनि देखिएको छ। जसले गर्दा मौसममा सुधार हुने अपेक्षा पनि गरिएको छ।

भारत र पाकिस्तान दुवै देशमा प्रशंसकहरूले यो खेलको प्रतिक्षा गरिरहेका छन्। तर, वर्षाले प्रशंसकहरूको व्यग्रतामा खलल पु¥याउन सक्नेछ।

वर्षाका कारण टस पनि ढिलो गरी हुनसक्ने आशंका गरिएको छ।

एक्युवेदरका अनुसार टसको समयमा वर्षाको सम्भावना ४० देखि ६० प्रतिशत रहेको छ।

चिरपरिचित प्रतस्पर्धी

शनिबार एउटा तटस्थ स्थानको रूपमा श्रीलंकाको क्यान्डी मैदानमा भारत र पाकिस्तान भिड्दैछन्।

पाकिस्तानले आयोजना गरेको प्रतियोगितामा पाकिस्तानमै गएर भारत खेल्न सहमत नभएपछि विकल्पका रूपमा श्रीलंकालाई रोजिएको हो।

विश्वभरका क्रिकेट प्रशंसकहरूलाई थाहा छ कि भारतले नरम स्वरमा बोल्दा पनि ऊसँग ठूलो आर्थिक शक्ति छ, त्यसैले उसको कुरा सुनिन्छ।

दुवै देशको उस्तै खाले समस्या छन्– ब्याटिङमा अत्याधिक भर पर्नु, मध्यक्रम अस्थिर पाइनु र केही तीव्र गतिका बलरहरूमाथि भर पर्नु।

नेपालविरूद्ध इफ्तिखार अहमदको निर्मम शतकले पाकिस्तानको मध्यक्रमको खाँचो पूरा गरेको हुनसक्छ।

जबकि बाबर आजमले जुन तरिकाले ब्याटिङ गरे त्यसले विराट कोहलीका प्रशंसकहरूलाई समेत शनिबारको खेलमा पाकिस्तान हारे पनि बाबरले धेरै रन बनाउन् भन्ने आश लागेको हुनुपर्छ।

यदि भारतले आफ्नो बायाँ हाते खेलाडी र आक्रमक शैलीका लागि चिनिएका ईशान किसनलाई तीन नम्बरमा र विराट कोहलीलाई चार नम्बरमा ब्याटिङ गर्न मैदानमा उतारेर उनलाई मध्यक्रमको प्रदर्शनलाई निर्देशन गर्न दिने हो भने उनीहरूको ब्याटिङको असन्तुलनलाई केही समाधान गर्न सकिन्छ।

यो रणनीति खासगरी केएल राहुल चोटका कारण खेल्न नसक्ने अवस्थाका लागि सोचिएको हो। हुनत भारतका प्रमुख कोच राहुल द्रविडले पाकिस्तानविरूद्धको खेलमा केएल राहुल उपलब्ध नहुने प्रस्ट पारिसकेका छन्।

त्यसैले कप्तान रोहित शर्माको साथमा सुभमन गिल ओपनिङका लागि आउने र तेस्रो नम्बरमा ईशान किसान उत्रिने सम्भावना बढी देखिएको छ।

भारत आफ्नो पहिलो खेलमा आफ्नो उत्कृष्ट टिम लिएर खेल्न बाध्य छ। अर्को चरणमा पुग्ने लगभग पक्का भए पनि भारत नौलो प्रयोग गर्न इच्छु नहुनसक्छ।

उनीहरूले जित्नैपर्ने एकमात्र खेल नेपालविरूद्धको हो। जुन टोली पाकिस्तानसँगको पहिलो खेलमा पराजित भएको थियो।

त्यसैले प्राविधिकरूपमा शनिबारको खेल उनीहरूका लागि केही नयाँ प्रयास गर्ने उत्कृष्ट मौका हो। किनभने शनिबारको नतिजाले प्रतिस्पर्धामा उत्रने कुनै टोलीलाई फरक पार्दैन।

 

Tags: