post-slider post-slider

रवि लामिछानेलाई आज अदालत लगिँदै

Image
A A

काठमाडौं - सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आइतबार अदालतमा पेश गरिँदै छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडक मार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो। 

लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा  अनुसन्धान गर्न अदालतको अनुमति छ।   

अदालतले दिएको अनुमतिमा 'सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न' भनिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरूद्ध पक्राउ पूर्जी मागेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने तानिएका हुन्। 

गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्ध निर्देशक भएर काम गर्दा लामिछानेले सहकारीको रकम मिडियामा लगेर परिचालन गरी अपचलन गरेको आरोप लागेको छ। उक्त आरोप लागेका लामिछानेका पार्टनर जिबी राई भने फरार छन्।

Tags: