![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट
![Image](/thumbnails/00414cbd-7a00-4ba0-b459-63e526247fad_newskarkahna-news702040. (1).jpg)
काठमाडौं- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।
आइसिसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ।
आइसिसी अभियोजकले भने, 'मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ।'