post-slider post-slider

गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी सञ्चालन

Image
A A

काठमाडौं- राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी सञ्चालनमा आएको छ।

नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एसएनएच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसियाको दोस्रो आउटलेट सञ्चालनमा आएको हो।

छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट अन्तर्राष्ट्रिय स्तरको सेवा लिन सक्नेछन्।

फार्मेसीमा विज्ञहरूबाट नि:शुल्क काउन्सिलिङ हुनेछ भने आवश्यकता अनुसार ५० प्रतिशत छुटमा अनलाइनमार्फत् आवरणका विज्ञहरूसँग परामर्श पनि लिन सकिनेछ।

साथै अन्र्तराष्ट्रिय स्तरका गुणस्तरीय औषधीहरूको नेपालभरी अनलाइन डेलिभरीको व्यवस्था पनि क्लिनिकमा उपलब्ध रहेको छ।

राजधानीको समग्र पूर्वी क्षेत्रमा छाला रोग सम्बन्धी औषधीहरूको सहज उपलब्धता तथा आवश्यक जनचेतना जगाउनु फार्मेसीको उद्देश्य रहेको छ। एसएनएचको पहिलो आउटलेट दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि संचालित छ।

Tags: