post-slider post-slider

देउवाले बुझ्न नमानेपछि रूपान्तरण अभियानले मुख्यसचिवलाई बुझायो प्रतिवेदन

Image
A A

काठमाडौं- नेपाली कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेस पुगेर नेता कार्यकर्तासँग छलफल गरी तयार गरेको ‘कांग्रेस रूपान्तरणको खाका’ पार्टी कार्यालयका मुख्य सचिवलाई बुझाएको छ।

सभापति शेरबहादुर देउवाले रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न समय नदिएपछि अभियानले मंगलबार केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्ण पौडेललाई प्रतिवेदन बुझाएको हो।

सभापति शेरबहादुर देवाले समय नदिएपछि मुख्यसचिवलाई प्रतिवेदन बुझाएको कांग्रेस नेता रञ्जीत कर्णले जानकारी दिए।

‘प्रतिवेदन बुझाउन एक सातादेखि समय मागिरहेका थियौं, सभापतिले समय दिनुभएन। आज मुख्य सचिवलाई प्रतिवेदन बुझाएका छौं,’ उनले भने।

पार्टी सभापति देउवासहित नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीको निर्णयविपरित काठमाडौंमा चरणवद्ध र देशव्यापी अभियान चलाएका रूपान्तर पक्षधर नेताहरूले तल्ला तहका नेता कार्यकर्तासँगको संवादमा आधारित पार्टी रूपान्तरणको खाकासहितको प्रतिवेदन तयार पारेको बताएका छन्।

केन्द्रीय कार्यसमितिमा छलफलको विषय बनोस् भन्ने ध्येयले पार्टी कार्यालयमा आफूहरूले प्रतिवेदन बुझाएको नेता कर्णले बताए।

अभियानले सातै प्रदेस पुगेर अन्तरक्रियापछि प्रतिवेदन तयार पारेको उनको भनाइ छ।

अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सात प्रदेसमा भेला गरेर रूपान्तरण अभियान चलाएको थियो।

केन्द्रीय सदस्य मधु आचर्यासहित नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदिश्वरनरसिंह केसी, धर्मेन्द्र नेम्वाङलगायतले कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरेका थिए।

नेतृत्वको कार्यशैलीमा सुधार आउनुपर्ने र पार्टीलाई जनमुखी बनाउनुपर्ने उनीहरूको माग छ।

अभियानमा लागेकाहरूमध्ये अधिकांश नेता शेखर कोइराला पक्षका नेताहरू छन्।

Tags: