post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि धनुषा कांग्रेसबाट ६ जनाको नाम सिफारिस

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस भएको छ।

मंगलबार बसेको जिल्ला कार्यसम्पादन समितिको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उनीहरूको नाम सिफारिस गरेको हो।

जिल्ला सभापति योगेन्द्र पजियारले मधेस प्रदेसअन्तर्गत दुई पदका लागि ६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए।

सिफारिस हुनेहरूमा पूर्वजिल्ला सभापति महेशशंकर गिरी, राजकिशोर सिंह, रामपल्टन साह, तुल्सा आचार्य, वासुलाल महतो र अनिता श्रीवास्तव रहेका छन्।

जिल्ला सभापति पजियारले कार्यसम्पादन समितिको बैठकले सर्वसम्मतिबाट उनीहरूको नाम सिफारिस गरेको जानकारी दिए।

मधेस प्रदेसबाट दुई जना राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

 

Tags: