post-slider post-slider

कम्बोडियाको टेलिकममा आफ्नो लगानी भएको प्रमाणित गर्न ओलीको चुनौती

Image
A A

काठमाडौं- नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

एमाले गण्डकी प्रदेस कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताएका हुन्।

अहिलेको सत्ता गठबन्धनका कारण देश बर्बादीको दिशामा गएको दाबी गर्दै उनले त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताए।

अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा आफ्नो लगानी भएको हल्ला मिथ्या भएको बताउँदै त्यसलाई प्रमाणित गर्न चुनौती दिए।

आफ्नो लगानी भएको प्रमाणित गर्नेलाई सबै सेयरका साथै बक्सिस पनि दिने उनले बताए।

‘कम्बोडियामा गएर बुझेर मेरो तीन हजार करोड लगानी भएको प्रमाणित गरिदए त्यो सेयर उहाँलाई नै दिन्छु, बक्सिस एक हजार पनि थपेर दिन्छु,’ ओलीले भने।

एमाले गण्डकी प्रदेस अधिवेशनमा दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो। अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरे पनि गण्डकीमा सम्भव हुन सकेको थिएन।

अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव हुँदा बाहिर केही टिप्पणी भइरहेको जिकिर गरे।

उनले आन्तरिक एकताले मात्र समृद्धिको यात्रा सहज हुने बताए।

 

Tags: