post-slider post-slider

तोलामै सात सयले बढ्यो सुनको मूल्य, आजको बजार भाउ कति?

Image
A A

काठमाडौं- सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ। आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ।

अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Tags: