post-slider post-slider

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

Image
A A

काठमाडौं- सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ।

शनिबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारसँग भएको वार्तामा ६ बुँदे सहमति जुटेको हो।

सुरक्षित कार्यस्थलको माग राख्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

सुरक्षित कार्यस्थल संघर्ष समितिका पदाकारीसँग उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा छलफल भएको थियो।

पछिल्लो समय देशका विभिन्न अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा.दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा.शेसराज घिमिरेले हस्ताक्षर गरेका छन्।

Tags: