post-slider post-slider

महासचिव गुटेरेस पोखरा जाँदै

Image
A A

काठमाडौं- चारदिने नेपाल भ्रमणमा काठमाडौं आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरेस सोमबार सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्न दिउँसो पोखरा जाँदैछन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा पुगेर जलवायु परिवर्तनका कारण दैनिक जीवनमा असर पारेका विषयमा उनले स्थानीयवासीसँग कुराकानी गर्नेछन्।

दिउँसो १ : २० मा काठमाडौंबाट प्रस्थान गरेर उनी १ : ५० मा पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलगायतले स्वागत गर्नेछन्।

फेवाताल पारी रहेको फिस्टेल होटलमा उनी सोमबार राति बस्ने कार्यक्रम छ।

महासचिव गुेटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर (एबिसी) जाने कार्यक्रम छ।

बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गरी उनी ६ : ५० मा त्यहाँ पुग्नेछन्।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार राति १ बजे काठमाडौं आइपुगेका हुन्।

भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

त्यस्तै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।

आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा उनी सहभागी भएका थिए।

 

Tags: