post-slider post-slider

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राखिने

Image
A A

काठमाडौं, चैत १० - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ।

उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।

शुक्रबार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो।

इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ।

बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी)ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

 

Tags: