post-slider post-slider

किशोरसिंह राठोरको आरोप- केन्द्रीय समिति बैठक कामचलाउ जस्तो भयो

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले केन्द्रीय सदस्यलाई बोल्नका लागि उपलब्ध गराइएको समय अपुग भएको भन्दै गुनासो गरेका छन्।

‘केन्द्रीय सदस्यलाई कम्तिमा १० मिनेट बोल्न दिनुपर्थ्यो । यो चाहिं काम चलाउ बैठक जस्तो भयो । निचोड आउँछ जस्तो मलाई लाग्दैन,’ पार्टी बैठकमा धारणा राख्ने क्रममा राठोरले भने।

महामन्त्रीले ल्याएको कार्यतालिकामा धेरै बोल्न मन लागे पनि समय नभएको उनले सुनाए। महामन्त्रीले ल्याएको कार्यतालिकालाई चटके कार्यतालिकाकोसंज्ञा राठोरले दिए।

‘आज महामन्त्रीहरुले सभापतिहरुलाई दोष लाउने परिस्थिति किन सिर्जना भयो ? महामन्त्रीले सभापतिलाई कन्फिडेन्टमा लिएर पार्टीलाई अघि बढाउने हो,’ राठोरले भने।

सभापतिलाई अलग राखेर पार्टी अघि बढाउँछु भनेर महामन्त्रीहरु लाग्नु मिथ्या कुरा भएको उनले बताए।

 

 

Tags: