post-slider post-slider

बन्द गराउँदै हिँडेका आजपाका कार्यकर्ता जनकपुरबाट पक्राउ

Image
A A

जनकपुरधाम- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का कार्यकर्ताहरू जनकपुरबाट पक्राउ परेका छन्।

बजार बन्द गराउँदै हिँडेका आजपाका २३ जना कार्यकर्ताहरूलाई प्रहरीले रामानन्द चोकबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जना अवाले बजार बन्द गराउँदै हिँडेका २३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी आजपाले बिहीबार मधेस बन्दको आह्वान गरेको छ।

बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्नेलगायतका माग राख्दै आजपाले बिहीबार मधेस बन्दको आह्वान गरेको हो।

यद्यपि आजपाको बन्दको आंशिक प्रभावमात्र परेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधाम–४ स्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा मतदान भइरहेको छ।

मतदानका लागि प्रदेससभा सदस्य र प्रदेसभरका सबै स्थानीय तहका अध्यक्ष, उपाध्क्ष, प्रमुख र उपप्रमुखहरू जनकपुर पुगेका छन्।

 

Tags: