post-slider post-slider

सरकारलाई कांग्रेसको ५० लाख सहयोग

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले भूकम्प प्रभावितहरूको उद्धार र राहतका लागि सरकारलाई ५० लाख नगद सहयोग गरेको छ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्प प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि कांग्रेसले सरकारको कोषमा यो रकम सहयोग गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भूकम्प पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

त्यस्तै यो विपतको समयमा स्वदेश र विदेशमा रहेका सबैलाई तन,मन र धनका साथ खुला हृदयका साथ मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपिल गरेको छ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरूको राहत, उद्धार र स्थानन्तरणका लागि तीब्रता दिन सरकारसँग माग गरेका थिए।

गएराति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडका भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम गरी १२९ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्।

शक्तिशाली भूकम्पबाट ठूलो संख्यामा भौतिक क्षति समेत भएको छ।

 

Tags: