post-slider post-slider

कतारकी राजकुमारीको प्रेममा परेका भूपू ड्राइभरलाई तीन वर्ष प्रतिबन्ध

Image

लन्डन - बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिछा र उत्पीडन गरेको अभियोगमा सजाय सुनाएको छ।

यसरी लन्डन अदालतबाट सजाय पाउनेमा ४७ वर्षीय अबुसलह छन्। उनी यसअघि राजकुमारीको सवारी चालकको रूपमा कार्यरत रहेका थिए। ड्राइभरमाथि अनावश्यक रूपमा राजकुमारीलाई पिछा गरेको आरोप लगाइएको थियो।

जसलाई इहाद अबुसलहले स्वीकार गरेका छन् तर अदालतमा उनको दाबी यो छ कि राजकुमारी र उनीबीच गहिरो प्रेम सबन्ध थियो। जसका कारण  प्रेमका लागि नै उनले राजकुमारीको पिछा गरेका थिए।

‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुबै रोमान्टिक सम्बन्धमा छौं,’ अदालतमा बयान दिँदा भनेका छन्।

तर, अबुसलहका वकिलले अदालतलाई भने कि उनी मानसिक रूपमा बिरामी थिए र यहीकारण उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गर्नु परेको थियो।

भूतपूर्व ड्राइभर इहाद अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन्, राजकुमारीलाई उपहार र पैसाहरू पनि पठाउन सुरू गरे।

समाचार अनुसार ती भूतपूर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूल पठाएका थिए। उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए। 

राजकुमारीका वकिलले अदालतलाई भनेका छन् - अबुसलहको यो गलत हर्कत र कार्यले धेरै समस्यामा पारिरहेको छ। उनी राजकुमारीको निवास वरिपरि देखिने र कर्मचारीमार्फत् राजकुमारीलाई उपहार पठाएर हैरान गरिरहेका छन्।

यस्तो कार्य रोक्ने प्रयास गर्दा पनि ती भूतपूर्व ड्राइभरले मानिरहेका छैनन्। जसका कारण राजकुमारीले आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा निकै चिन्ता गरिररहेकी छिन्। 

साथै, अबुसलहका वकिलले पनि उनी मानसिक रूपमा बिरामी भएको तर्क गरेका छन्, जसका कारण उनले राजकुमारीसँगको सम्बन्धलाई लिएर गलतफहमी बढेको भन्दै उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदसमेत गरेको अदालतमा जानकारी गराएका थिए। र, बयानका आधारमा अदालतले अबु सलाहलाई दोषी ठहर गरेको हो। 

उनलाई १२ महिनाको सामुदायिक आदेशसँगै ३० दिनको पुनर्बास गतिविधिमा भाग लिन आदेश दिइएको छ। साथै अदालतले कम्तीमा तीन वर्षको प्रतिबन्ध आदेश जारी गरेको छ, जसमा अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ।

Tags: